आइतबार सुनको मुल्य बढ्यो

आइतबार सुनको मुल्य बढ्यो

९ चैत, काठमाडौं । कोरोनाको त्रासका बीच आइतबार सुनको मुल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजारले बढेर प्रतितोला रु ७६ हजार ५०० मा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार सुन प्रतितोला रु ७५ हजार ५ सयमा कारोबार भएको थियो ।

महासंघका अनुसार तेजावी सुनको मूल्य आज रु ७६ हजार २०० कायम गरिएको छ ।

यस्तै, शुक्त्रबार चाँदीको मूल्य पनि बढेको छ । आज, चाँदी तोलामा रु २० ले बढेर प्रतितोला ७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Loading
TOP