कोरोनाको रोकथाममा रेडक्रसको विशेष तयारी

कोरोनाको रोकथाममा रेडक्रसको विशेष तयारी

९ चैत, काठमाडौँ । परिस्थिति जटिल बनेको खण्डमा कोरोना भाइरस संक्रमित र सम्भावित जोखिम भएका व्यक्तिहरूलाई घर वा सामुदायिक स्थलहरूमा क्वारेन्टाइनमा राख्नु पर्ने अवस्था आएमा रेडक्रसले स्थानको सहयोगका साथै आइसोलेशन वा क्वारेन्टाइनमा रहेका व्यक्तिहरूका लागि सहयोग गर्ने रणनीति बनाएको छ ।

सामग्रीहरू खरिद, स्वास्थ्य अवस्थाको अभिलेखन, पारिवारिक सम्पर्क स्थापना, कैदीबन्दीहरु लाई सहयोग,  मनोसामाजिक परामर्श तथा सहयोग जस्ता क्षेत्रमा काम गरी जीवन सहज बनाउन रेडक्रसकर्मीहरु खटिने योजना बनाइएको छ ।

साथै, योजना अनुसार उपचार गर्ने अस्पतालहरूलाई आवश्यक सहयोग व्यवस्था मिलाइने छ ।  कोरोना भएको व्यक्ति पाइएको पुष्टि भएमा ऊसँग सो अघि सम्पर्कमा आएका व्यक्तिहरूको पनि खोजी गरी उपचार गर्नु पर्ने अवस्थामा खोजी गर्न रेडक्रसले तालिमप्राप्त टोलीको तयारी गरिसकेको छ ।  

प्रतिकार्यका क्रममा रेडक्रस मूल्य, मान्यता, का साथै बाल संरक्षण, दुव्र्यबहार, लैङ्गिक तथा यौन हिंसा रोकथामका विषयलाई विशेष ख्याल गर्न निकायहरुलाई निर्देशन दिइएको छ ।    

Loading
TOP