एकेडेमीका होस्टेललाई अस्थायी क्वारेन्टाइन स्थल बनाउन एन्फाको प्रस्ताव

एकेडेमीका होस्टेललाई अस्थायी क्वारेन्टाइन स्थल बनाउन एन्फाको प्रस्ताव

९ चैत,  काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्ना देशका विभिन्न सथानमा रहेका भौतिक संरचनामा अस्थायी क्वारेन्टाइन तथा आइसोलेसन वार्ड बनाउन सहयोग गर्ने प्रस्ताव राखेको छ ।

एन्फाले एक विज्ञप्ति निकाल्दै एन्फाका ललितपुर, बुटवल, र धरानमा रहेका एकेडेमीका होस्टेल तथा रौतहटमा रहेको महिला फुटबल एकेडेमीमा अस्थायी क्वारेन्टाइन र आइसोलेसन वार्ड बनाउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले प्रयोग गर्न सक्ने बताएको छ ।

एन्फाले मानवीय विपदको यस घडीमा देशमा रहेका खेलकुद संरचनाको आवश्यक प्रयोग ल्याउन अनुरोध समेत गरेको छ ।

Loading
TOP