अवैतानिक दूतावासले पोर्चुगलमा अप्ठ्यारामा परेका नेपालीलाई सहयोग गर्ने

अवैतानिक दूतावासले पोर्चुगलमा अप्ठ्यारामा परेका नेपालीलाई सहयोग गर्ने

९ चैत,  लिस्बन । पोर्चुगलका लागि नेपाली अवैतानिक वाणिज्यदूत मकरबहादुर हमालले कोरोना सङ्क्रमणबाट बच्न नेपालीलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।

वक्तव्य जारी गर्दै उनले पोर्चुगल सरकारले जारी  गरेको आपत्कालीन घोषणाको आचारसंहिता पालना गरी सुरक्षित रहन सम्पूर्णलाई आह्वान गरेका छन् । 

यस अवधिमा पोर्तुगलमा रहने नेपाली दिदिबहिनी तथा दाजुभाइमा आइपर्ने स्वास्थ्य समस्या तथा आपत्विपत्मा सहयोग र परामर्शका लागि नेपाली अवैतानिक दूतावास लिस्बन पोर्चुगलको मोबाइल नम्बर ९६९१९०९१९ मा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।

एनआरएनए पोर्चुगलले पनि विक्रमजङ्ग कुँवरको नेतृत्वमा सहायता कक्ष सञ्चालन गरेको छ ।  

Loading
TOP