१० अर्ब ३३ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैक

१० अर्ब ३३ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैक

९ चैत,  काठमाडौ । नेपाल राष्ट्र बैकले सोमबार १० अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । 

सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणको ट्रेजरी बिल जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

ट्रेजरी खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । राष्ट्र बैंकका अनुसार चारी हुने कुल ट्रेजरी मध्ये ९१ दिने अवधिको चार अर्ब तीन करोड, एक सय ८२ दिने अवधिको चार अर्ब ३० करोड र तीन सय ६४ दिने अवधिको दुई अर्बको रहेको छ ।

यि मध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७७ असार नौ गते, एक सय ८२ दिने अवधिको ट्रेजरीको परिपक्व हुने अवधि बिसं २०७७ असोज छ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुने अवधि बिसं २०७७ साल चैत १० रहेको छ ।

यसअघि यही चैत तीन गते पनि राष्ट्र बैंकले छ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो ।

Loading
TOP