ब्रह्मास्त्र यस बर्ष रिलिज नहुने !

ब्रह्मास्त्र यस बर्ष रिलिज नहुने !

१० चैत, मुम्बई । बलिवुड अभिनेता रणवीर कपुरको यस बर्षपनि कुनै फिल्म नहुने भएको छ । आगामी डिसेम्बर ४ मा रिलिज हुने भनिएको ब्रम्हास्त्र अर्को बर्षलाई सरेपछि रणवीरको लगातार दोस्रो बर्ष कुनै फिल्म रिलिज नहुने भएको हो ।

उनको अन्तिम फिल्म २०१८ मा संजय दत्तको जीवनीमा आधारित संजु रिलिज भएको थियो । सो फिल्मबाट रणवीरले फिल्म फेयरको बेस्ट अभिनेताको अवार्ड समेत जितेका थिए ।

२०१९ मा रणवीरका कुनै फिल्म रिलिज भएनन् भने २०२०को अन्त्यमा रिलिज हुने भनिएको ब्रम्हास्त्रको रिलिज पनि सरेको बलिवुड हंगामाले लेखेको छ ।

विश्वभर महामारी बनेको कोरोनाका कारण कैयौ फिल्मको रिलिज रोकिएका बेला ब्रह्मस्त्को रिलिज २०२१ का लागि सारिएको उल्लेख गरिएको छ ।

ब्रह्मास्त्रमा रणवीरले आफ्नी अहिलेकी प्रेमिका आलिया भट्टसँग पहिलो पटक सँगै काम गरेका छन् । आयान मुखर्जीले निर्देशन गरेको यस फिल्ममा अमिताभ बच्चन, मौनी राय, प्रतिक बब्बर लगायतको अभिनय रहेको छ ।  
 

Loading
TOP