स्वास्थ्यकर्मीलाई घरबेटीले डेरा छाड्न दबाब दिएको भन्दै चितवन कांग्रेसको आपत्ति

स्वास्थ्यकर्मीलाई घरबेटीले डेरा छाड्न दबाब दिएको भन्दै चितवन कांग्रेसको आपत्ति

१२ चैत,  भरतपुर । कोरोना संक्रमितहरुका लागि उपचारमा खटिने चिकित्सकहरुलाई घर धनीले कोठा छाड्न बाध्य पारेको  बिषय यतिबेला चर्चामा आएको छ । यसै क्रममा चितवनकोे भरतपुर स्थित कोरोना बिशेष (अस्थायीं) अस्पतालमा कार्यरत स्वास्थ्य कर्मीहरुलाई घरधनीले कोठा छाड्न दबाब दिएको बिषय सार्वजनिक भएको छ ।

चितवन कांग्रेसले यस्तो अमानबिय गतिबिधि नगर्न घरधनीहरुलाई सचेत गराएको छ । सामाजिक सञ्जाल फेसबुकमा चितवन कांग्रेसका सभापति जितनारायण श्रेष्ठले स्वास्थकर्मीहरुलाई कोठा छाड्न बाध्य बनाइएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएका छन् । उनले घरधनीले त्यस्तो दबाब दिएको हो भने त्यस्तो दानबीय आचरण स्वीकार्य नहुने चेतावनी दिएका छन् । 

प्रतिकृया दिनुहोस
Loading
TOP