विराटनगरलाई कोरोनामुक्त बनाउन निर्मलीकरण गरिदै

विराटनगरलाई कोरोनामुक्त बनाउन निर्मलीकरण गरिदै

मोरंग । विराटनगर महानगरले नगरक्षेत्रमा कोरोना भाइरसको सक्रमण नियन्त्रणका लागि डिस्फेक्सन अर्थात निर्मलीकरण अभियानको शुरुवात गरेको छ । महानगरको ल्यावमा आफ्नै जनशक्ति प्रयोग गरी निर्मलीकरण अभियान शुरु गरेको हो । सोडिएम हाइपो क्लोराइड लगायत विभिन्न रसायन बाट बनाइएको स्प्रे पहिलो चरणमा नगरक्षेत्रको कोशि अस्पताल वाट शुरुवात गरिएको छ । नगरवासीलाई कोरोना सक्रमणवाट जोगाउन यो कार्यक्रम फलदायी हुने मेयर भीम पराजुलीले जानकारी दिनु भयो ।

Loading
TOP