विश्व कोरोनाविरुद्ध लडदै गर्दा उत्तर कोरिया मिसाइल परिक्षणमा व्यस्त

विश्व कोरोनाविरुद्ध लडदै गर्दा उत्तर कोरिया मिसाइल परिक्षणमा व्यस्त

१६ चैत, काठमाडौँ । विश्व अहिले कोरोनाविरुद्ध लडन संघर्ष गरिरहेका बेला उत्तर कोरिया भने मिसाइल परीक्षणमा व्यस्त रहेको छ ।

आइतबार उत्तर कोरियाले दुई ब्यालेष्टिक मिसाइल परिक्षण गरेको दक्षिण कोरियाले जानकारी दिएको छ ।

उत्तर कोरियाले समुन्द्रमा ति परिक्षण गरेको बताइएको छ ।

विश्वमा कोरोनाले महामारीको रुप लिएका बेला उत्तर कोरियाको यो कदमलाई उत्तर कोरियाली नेता किम जोंग उनको ‘सनक’ को रुपमा लिइएको छ ।

दक्षिण कोरियाका संयुक्त सेनाका प्रमुखले यस बारेमा जानकारी दिदै मिसाइलको अधिकतम उचाई ३० किलोमिटर र २३० किलो मिटर दुरी तय गरेर समुन्द्रमा खसेको बताएका छन् । 

उत्तर कोरियाको यस परिक्षणपछि दक्षिण कोरिया र अमेरिकी खुफिया एजेन्सी परिस्थितिको विश्लेषण गर्न लागेको मिडिया रिपोर्टमा बताइएको छ । महामारीको अहिलेको परिस्थितिमा परिक्षण रोक्न अनुरोध गर्दा पनि उत्तर कोरियाले अटेरी गरिरहेको देखिए पछि अमेरिका र दक्षिण कोरियाले यसलाई विशेष रुपमा लिएको बताइएको छ ।

अहिलेसम्म उत्तर कोरियाले आफ्नो देशमा कोरोनाको एक पनि संक्रमण नभएको दाबि गर्दै आएको छ । विश्वका १९९ देशमा फैलिएको कोरोना उतर कोरियामा अहिलेसम्म देखिएको आधिकारिक जानकारी छैन । यस अघि उत्तर कोरियामा कोरोनाका कराँ ठुलो संख्यामा मानिसहरुको मृत्यु भएको समाचार आएपनि सो को आधिकारिक पुष्टि भने भएन ।   
   
 

Loading
TOP