लकडाउनमा फिल्मी क्षेत्रका ज्यालादारी मजदुरको खर्च सलमान खानले बेहोर्ने

लकडाउनमा फिल्मी क्षेत्रका ज्यालादारी मजदुरको खर्च सलमान खानले बेहोर्ने

१६ चैत,  काठमाडौँ । बलिवुड अभिनेता सलमान खानले लकडाउनका कारण अप्ठ्यारोमा परेका फिल्म क्षेत्रका दैनिक ज्यालादारी मजदुरको सहयोगमा आगाडी आएका छन् ।

महाराष्ट्र सरकारले दैनिक ज्यालादारी मजदुरका लागि सहयोगको अपिल गरेपछि कैयौ कलाकार उनीहरुको सहयोगमा अगाडी आएर नगद सहयोग गरिरहेका छन् ।

तर सलमान खानले भने नगदको सट्टा सबै मजदुर र उनीहरुको परिवारको खर्च उठाउने भएका छन् । बलिवुड हंगामाका अनुसार सलमानले मजदुर एशोसियसनसँग सहकार्य गरेर मजदुरको दैनिकी चलाउन आवश्यक सबै रकम बेहोर्ने जानकारी गराएका छन् ।

सलमानले हिसाबमा नफस्न र आवश्यक खर्चको सबै भुक्तानी आफुले गर्ने बताएपछि उनीहरुको समस्या टरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

साथै सलमानले यो सहयोगको चर्चा मिडियामा नगर्न समेत भनेको बताइएको छ । सलमान आफ्नो सामाजिक कामको चर्चा मिडियामा गर्न नचाहेको बताइएको छ ।    

Loading
TOP