लकडाउनको अवधि चैत्र २५ गतेसम्म थपियो

लकडाउनको अवधि चैत्र २५ गतेसम्म थपियो

१७ चैत,  काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउनको अवधि थप गरेको छ ।

मन्त्रिपरिषद्को भर्खर सकिएको बैठकले २५ गते १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको मन्त्रिपरिषद् बैठकले यही चैत ११ गतेदेखि १८ गते बिहान ६ बजेसम्मका लागि जारी गरेको उक्त आदेशलाई यही चैत २५ गते राती १२ बजेसम्मका लागि निरन्तरता दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को आजको बैठकले सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सोको रोकथाम र निर्मूल गर्न उक्त आदेश जारी गरेको थियो ।

बैठकले यही चैत १० लागू हुने गरी गरेको अन्तरराष्ट्रिय सीमानाका सबै प्रवेश नाकाबाट यात्रु आवागमन स्थगन गर्ने निर्णयलाई चैत २५ गते राती १२ बजेसम्मका लागि निरन्तरता दिने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए । व्यक्तिको आवागमन रोकिए पनि ढुवानीका गाडी भने सञ्चालनमा रहने छन् । 

यसअघि चैत १० गते बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले गत आइतबार बिहानदेखि साताव्यापी लकडाउनको घोषणा गरेको थियो ।

Loading
TOP