बलिवुड गायिका कनिका कपुरलाई अझै ठिक भएन, चौथो रिपोर्ट पनि पोजेटिभ

बलिवुड गायिका कनिका कपुरलाई अझै ठिक भएन, चौथो रिपोर्ट पनि पोजेटिभ

१७ चैत,  काठमाडौँ । कोरोनाबाट संक्रमित बलिवुड गायिका कनिका कपुरको भारतको लखनउस्थित संजय गान्धी ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ ।

यसैबीच कनिका कपुरको चौथो पटकको कोरोना टेस्ट पनि पोजेटिभ आएको अस्पतालले जानकारी दिएको छ ।

यस अघि तीन पटक गरिएको टेस्टपनि पोजेटिभ नै आएको थियो भएन चौथो टेस्ट पनि पोजेटिभ आएपछि परिवार आत्तिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

अस्पतालले भने टेस्ट रिपोर्ट निगेटिभ नआएसम्म उपचार जारी रहने बताएको छ । अस्पतालले उनको उपचारमा कुनै कमि नभएको र राम्रो रेखदेखका साथ उपचार भइरहेको बताएको छ । साथै परिवारले अस्पतालमा ठिकसँग उपचार नभएको आरोप समेत लगाएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

अस्पतालले कनिकाको लगातार दुई टेस्ट निगेटिभ नआएसम्म उपचार जारी रहने बताएको छ । उनको उपचारमा तीन नर्सले तीन सिफ्टमा काम गरिरहेको अस्पतालले जानकारी दिएको छ ।

त्यस्तै अहिलेसम्म कनिकाको सम्पर्कमा आएका सबैको टेस्ट निगेटिभ पाइएको छ । उनको सम्पर्कमा आएका पूर्वमन्त्री जितिन प्रसाद र उनकी, उत्तर प्रदेशका स्वास्थ्यमन्त्री जयप्रताप सिंह, उपमुख्यमन्त्री केशव प्रसाद मौर्या, राजस्थानकि पूर्वमुख्यमन्त्री बन्सुधरा राजेलगायत सबै रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

गत मार्च १५ मा लन्डनबाट भारतको लखनउमा आएकी कनिकालाई लखनउको अस्पतालमा टेस्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

कनिका सभागी पार्टीमा सांसदहरु समेत सहभागी भएको र ति सांसदहरुको राष्ट्रपतिसँग समेत भेट भएको तस्बीर सार्वजनिक भएपछि स्थिति त्रसित बनेको थियो ।

कोरोना फैलाएको आरोप लागेकी गायिका कनिकाविरुद्ध बिहारको एक अदालतमा मुद्धा दायर भएको छ भने लखनउमा एफआइआर दर्ता भएको थियो । 

Loading
TOP