भैरहवामा पनि कोरोना परीक्षण प्रयोगशाला स्थापना हुने

भैरहवामा पनि कोरोना परीक्षण प्रयोगशाला स्थापना हुने

१७ चैत,  बुटवल । कोभिड १९ सङ्क्रमण परीक्षणका लागि सरकारले प्रदेशस्तरीय प्रयोगशाला स्थापना गर्ने भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना परीक्षणका लागि सातै प्रदेशमा प्रयोगशाला स्थापनासहित आवश्यक विज्ञ जनशक्ति समेत तोकेको छ । यसै अन्तर्गत प्रदेश नं ५ मा विष्णु रायमाझी, रामबहादुर खड्का र खेमध्वज कार्कीलाई विज्ञका रुपमा जिम्मेवारी तोकेको छ ।

सरकारले प्रदेश नं ५ को भैरहवास्थित गहुँबाली अनुसन्धान केन्द्रको परिसरमा प्रयोगशाला निर्माणका लागि तयारी गरेको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य विभाग प्रमुख डा उमाशंकर चौधरीले भैरहवाको गहुँबाली अनुसन्धान केन्द्रको भवनमा आवश्यक काम शुरु भइसकेको जानकारी दिए ।

Loading
TOP