हरेक मृत्युलाई कोरोनासँग नजोड्न स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण

हरेक मृत्युलाई कोरोनासँग नजोड्न स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण

१७ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक मृत्युलाई कोरोना भाइरस (कोभिड–१९) सँग नजोड्न आग्रह गरेको छ ।

गाउँघरमा कसैको मृत्युभयो भने कोरोनाकै कारण मृत्युभएको भन्दै मलामी समेत नजाने अवस्था आएको भन्दै मन्त्रालयले त्यसो नगर्न ध्यानाकर्षण गराएको छ ।

सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले भने, ‘जो मर्‍यो, त्यो कोरोनाले मर्‍यो भन्ने ढंगले जसरी प्रचारप्रसार भएको छ । यो दुःखद् कुरा हो ।’

उनकाअनुसार नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण विदेशबाट फर्किएकाहरुमा मात्र देखिएको छ र स्थानीय तथा समुदाय स्तरमा फैलिन पाएको छैन ।

साथै, अहिलेसम्म मृत्यु भएकाहरुको कोरोना परीक्षण गर्दापनि नेगेटिभ रिपोर्ट नै आएको छ । डा. कार्की भन्छन्, ‘अरुअरु रोगका कारण भएको मृत्युलाई पनि कोरोनाकै कारण भन्नु भनेको हामीलाई मनको त्रास असाध्यै भएको हो ।’

Loading
TOP