प्रतिनिधिसभा बैठक ३० चैतमा

प्रतिनिधिसभा बैठक ३० चैतमा

२१ चैत,  काठमाडौं । २३ चैतमा बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघिय संसद सचिवालयले शुक्रबार (आज) एक सूचना जारी गरी ‘लकडाउन’ का कारण आवतजावत संभव नभएको भन्दै प्रतिनिधिको सभाको आगामी बैठक ३० चैत दिउँसो १ बजे बस्ने जनाएको छ।

‘२३ गते आईतबार दिनको १ बस्ने गरी निर्धारण गरिएको प्रतिनिधिसभा बैठक कोभिड १९ भाइरसको सम्भावित संक्रमणका कारण नेपाल सरकारले देशभर अत्याश्यक सेवा बाहेका सम्पूर्ण सेवाको आवतआवतमा लगाएको प्रतिबन्ध यथावत राखेका कारण बैठक बस्न नसक्ने भएकाले प्रतिनिधि सभा नियमावली, २०५७ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्युले अर्को बैठक २०७६ साल चैत ३० दिनको १ बजेका लागि निर्धारण गनैु भएको व्यहोरा मा. सदस्यहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’, संघिय संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीद्वारा हस्ताक्षरीत सूचना उल्लेख गरिएको छ ।

Loading
TOP