इटालीमा देखियो आशाको किरण !

इटालीमा देखियो आशाको किरण !

२३ चैत, काठमाडौँ । इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ हजार नाघेपछि पहिलो पटक संक्रमण कम हुने आशा पलाएको छ ।

शनिबार इटालीमा एकै दिन ६८१ जनाको मृत्यु भयो । भने अहिलेसम्म कुल मृतकको संख्या १५ हजार ३६२ पुगेको छ ।

तर शनिबारको आँकडाले कोरोना रोकिने केहि आशाको किरण पलाएको छ । इटालीको सिभिल प्रोटेक्शन डिभिजनका अनुसार पहिलो पटक क्रिटिकल केयरमा उपचारत विरामीको संख्या घटेको छ ।

डिभिजनक प्रमुख एन्जोलो बोर्रेलीले क्रिटिकल केयरमा उपचारत विरामीको स्नाख्या ४ हजार ६८ बाट ३ हजार ९९४ भएको जानकारी दिएका छन् ।

बोर्रेलीले भने –‘यो हाम्रो लागि निकै महत्वपूर्ण आँकडा हो । किनकी यस्तो पहिलो पटक भएको छ, जँहा क्रिटिकल विरामीको संख्या कम भएको छ । यसले अस्पताललाई केहि राहत हुने छ । हामीले जहिले देखि कोरोनाको आपतकालीन स्थिति भोग्यौ त्यसदेखि पहिलो पटक क्रिटिकल केयरका विरामीको संख्यामा कमि आएको छ ।’

योसँगै इटालीले क्रिटिकल स्टेज पार गरेको अनुमान गरिएको छ ।

इटालीमा अहिलेसम्म एक लाख २४ हजार ६३२ जना संक्रमित भएका छन भने २० हजार ९९६ जना ठिक भएका छन् ।

इटालीमा अझै ८८ हजार २७४ जना संक्रमित रहेका छन् भने ३ ९९४ जनाको आइसीयुमा उपचार भइरहेको छ ।

Loading
TOP