सभापति देउवाद्वारा कोरोना संकटबारे पूर्वप्रधानमन्त्रीहरुसँग टेलिफोन संवाद

सभापति देउवाद्वारा कोरोना संकटबारे पूर्वप्रधानमन्त्रीहरुसँग टेलिफोन संवाद

२३ चैत, काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना संक्रमणका कारण अहिलेको अवस्था बारे पूर्वप्रधानमन्त्रीहरुसँग टेलिफोन संवाद गरेका छन् l

देउवाले अहिलेको देशको संकट र नेपाली जनतालाई कोरोनाको संक्रमण जोगाउने बारेमा छलफल भएको बताएका छन् l

देउवाले पूर्वप्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई तथा अध्यक्ष खिलराज रेग्मीसंग टेलिफोनमा संवाद गरेको जानकारी दिएका छन् l

Loading
TOP