१५ सय २९ नमुना परिक्षण, थप संक्रमण देखिएको छैन

१५ सय २९ नमुना परिक्षण, थप संक्रमण देखिएको छैन

२३ चैत, काठमाडौँ । नेपालमा आइतबार थप कोरोना संक्रमित नभएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म केन्द्रीय प्रयोगशालामा १५ सय २९ नमुना परिक्षण भएको जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित मिडिया ब्रिफिङका क्रममा जानकारी दिएका छन् ।

त्यस्तै प्रवक्ता डा.देवकोटाले भक्तपुरको खरीपाटीमा क्वारेन्टाइनमा रहेका सबैको रिपोर्ट निगेटिभ आएको बताए । खरीपाटीमा विदेशबाट आएका ९४ जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।

संक्रमितका नजिकका लाई कन्ट्रयाक्ट ट्रेसीङको काम भइरहेको उनले जानकारी दिए ।

नेपालमा अहिलेसम्म ९ जना संक्रमित पुष्टि भएको छ, जसमा एक जनाको उपचारपछि ठिक भएका छन् ।

Loading
TOP