लकडाउन लम्ब्याउने तयारी

लकडाउन लम्ब्याउने तयारी

२४ चैत, काठमाडौं । आज बस्ने मन्त्रिपरिषद्को बैठकले लकडाउन थप्ने बारे निर्णय लिने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजेको लागि बोलाइएको बैठकले जारी लकडाउन थप्ने बारे निर्णय लिने तयारी सरकारले गरेको छ ।

त्यस्तै बैठकले कोरोना रोकथाम र नियन्त्रणमा भएका प्रयासको समिक्षा गर्ने तथा उच्च स्तरीय समितिले यस सम्बन्धमा मन्त्रिपरिषदमा लागेका एजेन्डामा समेत छलफल हुने बताइएको छ ।

यस अघि सरकारले चैत्र १० गतेको मन्त्रिपरिषद्को बैठकबाट चैत्र ११ गतेदेखि १८ गतेसम्म लकडाउनको घोषणा गरेको थियो ।

त्यसपछि चैत्र १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले चैत्र २५ गतेसम्म लकडाउनको अवधि थप्ने निर्णय गरेको थियो ।

अहिले छिमेकी मुलक भारतमा बैशाख २ गतेसम्म लकडाउन रहेकाले नेपालको लकडाउन पनि सोहि अघिपछि सम्म हुनसक्ने बताइएको छ ।

अहिलेसम्म नेपालमा ९ जना संक्रमित देखिएका छन् । जसमा कैलाली र कंचनपुरमा भारतबाट आएका दुईजना संक्रमित भेटिएपछि अहिले माहोल झन् त्रसित बनेको छ ।

सरकारले शनिबार तीन जिल्लामा र्यापिड टेस्ट गर्ने निर्णय गरेपनि अहिलेसम्म शुरु गर्न सकेको छैन ।

Loading
TOP