गोली हानी महिलाको हत्या

गोली हानी महिलाको हत्या

२४ चैत, डोटी । डोटीको जोरायल गाउँपालिकामा एक महिलाको गोलि हानी हत्या भएको छ ।

जोरायल गाउँपालिका वडा नं. ४ देउथलाको नङनी टोलकी २० वर्षिया अनिता वनको आइतबार बेलुकी ५ बजेतिर भरुवा बन्दुकले गोली हानेर हत्या भएको हो ।

उनलाई उनका श्रीमान २२ वर्षिया खडक वनले नै गोली हानी हत्या गरेको आशंका रहेको छ । मृतक अनिता र उनका श्रीमान मात्रै घरमा भएको बेला घटना भएको र उनका श्रीमानले आफुले गोली नहानेको बताईरहेको इलाका प्रहरी कार्यालय जोरायलका इञ्चार्ज सइ महेन्द्र थापाले जानकारी दिए ।

मृतक अनिताको छातीको बिच भागमा गोली लागेको प्रहरीले जनाएको छ ।

Loading
TOP