कनिका कपुर अस्पतालबाट डिस्चार्ज

कनिका कपुर अस्पतालबाट डिस्चार्ज

२४ चैत,  काठमाडौँ । कोरोनाबाट संक्रमित बलिवुड गायिका कनिका कपुर अस्पतालबाट डिस्चार्ज भएकी छन् । 

भारतको लखनउस्थित संजय गान्धी ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा उपचारपछि उनी डिस्चार्ज भएको एएनआइले उल्लेख गरेको छ ।

अस्पतालले उनको छैठौ र सातौ टेस्ट निगेटिभ आएपछि उनलाई डिस्चार्ज गरेको हो । त्यसअघि पाँच पटक गरिएका टेस्ट पोजेटिभ आएको थियो ।

कनिकाले उपचारका क्रममा आफु आइसीयुमा नबसी सामान्य बेडमा बसेर उपचार गराएको जानकारी सामाजिक संजालबाट गराएकी थिइन् । 

त्यस्तै अहिलेसम्म कनिकाको सम्पर्कमा आएका सबैको टेस्ट निगेटिभ पाइएको छ । उनको सम्पर्कमा आएका पूर्वमन्त्री जितिन प्रसाद र उनकी, उत्तर प्रदेशका स्वास्थ्यमन्त्री जयप्रताप सिंह, उपमुख्यमन्त्री केशव प्रसाद मौर्या, राजस्थानकि पूर्वमुख्यमन्त्री बन्सुधरा राजेलगायत सबै रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

गत मार्च १५ मा लन्डनबाट भारतको लखनउमा आएकी कनिकालाई लखनउको अस्पतालमा टेस्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो । कनिका सभागी पार्टीमा सांसदहरु समेत सहभागी भएको र ति सांसदहरुको राष्ट्रपतिसँग समेत भेट भएको तस्बीर सार्वजनिक भएपछि स्थिति त्रसित बनेको थियो ।

Loading
TOP