भारतमा कोरोना संक्रमितको संख्या ४ हजार

भारतमा कोरोना संक्रमितको संख्या ४ हजार

२४ चैत,  काठमाडौँ । भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा फैलिरहेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयको अहिले बिहानको अपडेट अनुसार भारतमा संक्रमितको संख्या  हजार नाघेको छ ।

बिहान ९ बजेको अपडेट अनुसार भारतमा ४ हजार ६७ जना संक्रमित भएका छन् । त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०९ पुगेको छ ।

पछिल्लो १२ घण्टामा ४९० संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै भारतमा २९२ जनालाई ठिक भएको पछिल्लो अपडेटमा जनाइएको छ । 

Loading
TOP