सोमबार भेटिएन थप नयाँ कोरोना संक्रमित

सोमबार भेटिएन थप नयाँ कोरोना संक्रमित

२४ चैत,  काठमाडौं । अहिलेसम्म १ हजार ६ सय ९७ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ।

आइतबारसम्म १ हजार ५ सय २९ को परीक्षण गरिएकोमा सोमबार १ सय ६८ को नमुना परीक्षण गर्दै १ हजार ६ सय ९७ को कोरोना परीक्षण भएको हो।

वितेको २४ घण्टामा गरिएको १ सय ६८ को परीक्षणमा कोरोना नेगेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार देशभरका १० वटा ठाउँबाट पिसिआर प्रविधिमार्फत कोरोना परीक्षण भइरहेको छ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले १ सय ७ जना आइसोलेशनमा रहेको बताए।

उनका अनुसार १ हजार २ सय ९१ जनाले मोबाइलमा कोरोना परीक्षणको इन्ट्री गराएकोमा पछिल्लो २४ घण्टामा ५ जना रेड जोनमा परेका छन्।

कोभिड १९ का लागि काठमाडौंमा १० वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको देवकोटाले बताए।

Loading
TOP