आगामी दुई साता चुनौतीपूर्ण – प्रधानमन्त्री ओली

आगामी दुई साता चुनौतीपूर्ण – प्रधानमन्त्री ओली

२५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता हाम्रा लागि थप चुनौतीपूर्ण हुने बताएका छन् ।

देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा समुदाय संक्रमणको बढेकोले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका हुन् ।

लकडाउनको अन्य विकल्प नभएको भन्दै प्रधानमन्त्री ओलीले लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।

उनले नेपालको सीमा नजिक आएका नेपालीहरुले भोग्‍नुपरेको अप्ठेरो पर्नुपरेको कुरालाई ध्यान दिँदै नेपालीहरुलाई भारत सरकारसँग कुरा गरेर क्‍वारेन्टाइनमा राखिएको बताएका छन् । उनीहरुलाई क्वारेन्टाइन अवधि पुरा गरेपछि स्वदेश आउन दिने प्रधानमन्त्रीले सम्बोधनमा बताए ।

Loading
TOP