आज नेकपाको सचिवालय बैठक बस्दै

आज नेकपाको सचिवालय बैठक बस्दै

२५ चैत,  काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक आज बस्दै छ ।

नेकपाले आज अपराह्न ४ बजेका लागि सचिवालय बैठक बोलाएको हो ।

चिकित्सा सामग्री खरिद्मा अनियमिता र कोरोना रोकथामका लागि सरकारले गरेका काम अपूर्ण रहेको भन्दै पार्टी वृतमा आलोचना भएपछि बैठक माग भएको थियो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सार्वजनिक रुपमै सचिवालय बैठक बोलाउन माग गरेका थिए भने पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनालल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बैठक बोलाउन पटक पटक दबाब दिएका थिए । 

Loading
TOP