कोरोनाका कारण मुकेश अम्बानीले गुमाए १९ अर्ब डलर !

कोरोनाका कारण मुकेश अम्बानीले गुमाए १९ अर्ब डलर !

२५ चैत,  काठमाडौँ । कोरोनाका कारण विश्वभरको अर्थव्यवस्था भद्रगोल भएको छ । विकसित र ठुला भन्ने देश अहिले कोरोनाविरुद्ध लड्न हम्मे हम्मे परिरहेको छ ।

यसैबीच छिमेकी मुलक भारतका सबै भन्दा धनि मुकेश अम्बानीले पनि अरबौ डलरको घाटा व्यहोरेको तथ्य सार्वजनिक भएको छ ।

कोरोनाका कारण पछिल्लो २ महिनामा मुकेश अम्बानीको २८ प्रतिशत सम्पति घटेको बताइएको छ ।

अहिले विश्व शेयर बजारमा भएको लगातारको गिरावट र लकडाउनका कारण आर्थिक क्रियाकलाप बन्द हुदा अम्बानीले करिब १९ अर्ब डलरको नोक्सानी बेहोर्नु परेको हुरुनको ग्लोबल रिच लिष्टको नयाँ आँकडाले देखाएको छ ।

मार्च ३१ मा मुकेश अम्बानीको कुल सम्पति ४८ अर्ब डलर पुगेको उल्लेख गरिएको छ । अम्बानी विश्वका आठौ धनि व्यक्ति हुन् भने भारतका सबैभन्दा धनि व्यक्ति हुन् ।

अम्बानी बाहेक भारतका अडानी समुहका गौतम अदानीको सम्पतिमा ३७ प्रतिशतको गिरावट आएको छ भने एचसीएल का प्रमुख शिव नादरको सम्पतिमा २६ प्रतिशत र कोटक बैंकका उदय कोटकको २८ प्रतिशत सम्पति घटेको छ ।

अम्बानीलाई छोडेर अन्य सबै विश्वका धनिको सुचिमा सयबाट बाहिरिएका छन् । कोरोनाका कारण भारतीय सेयर बजारमा अहिलेसम्म २५ प्रतिशतको गिरावट देखिएको छ ।

Loading
TOP