अमेरिकामा एकै दिन ११ सय ५० को मृत्यु, ३० हजार संक्रमित

अमेरिकामा एकै दिन ११ सय ५० को मृत्यु, ३० हजार संक्रमित

२५ चैत,  काठमाडौँ ।  अमेरिकामा पछिल्लो २४ घटनामा कोरोनाबाट ११ सय ५० जनाको मृत्यु भएको छ । जोन होप्किन्स युनिभर्सिटीको अपडेट अनुसार एकै दिनमा ११ सय ५० जनाको मृत्यु भएको हो ।

योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ ।  अहिलेसम्म अमेरिकामा १० हजार ८७१ जनाको मृत्यु भएको छ । त्यस्तै अमेरिकामा एकै दिन ३० हजार भन्दा बढी संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ३ लाख ६७ हजार ४ पुगेको छ ।

त्यस्तै अमेरिकामा अहिलेसम्म १९ हजार ६७१ जना ठिक भएका छन् । 

अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र ४ हजार ७५८ जनाको मृत्यु भएको छ । त्यस्तै न्यूजर्सीमा एक हजार ३ जनाको मृत्यु भएको छ भने मिचिगनमा ७२७ जनाको ज्यान गएको छ ।

त्यस्तै लुसियानामा ५१२, वाशिंटनमा ३८१, क्यालिफोर्नियामा ३८०, इलिनियोइसमा ३०७, मसाचुसेट्समा २६०, फ्लोरिडामा २५४, जर्जियामा २२९, कोनेक्टीकटमा २०६, पेन्सिलभेनियामा १७९, टेक्सासमा १५१, कोलोरोड़ोमा १५०, ओहियोमा १४२ र इण्डियनामा १३९ जनाको मृत्यु भएको छ ।

Loading
TOP