समन्वय कमजोर छ, सम्बोधन अनुसार काम होस्

समन्वय कमजोर छ, सम्बोधन अनुसार काम होस्

२५ चैत,  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन पछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिक्रिया दिदै सरकारको काम राम्रो भएपनि समन्वय कमजोर भएको बताएका छन् ।

अध्यक्ष थापाले सम्बोधन अनुसार काम होस् भन्दै अझै समन्वय कमजोर रहेको र चेन अफ कमाण्ड नमिलेको उल्लेख गरेका छन् ।

उनले भनेका छन् – ‘प्रधानमन्त्रीको सम्बोधन सुनें । सबै बिषय समेटिएका छन् । कोराना महामारी बिरुद्ध सरकारको नीति/कदम ठिक छ । सम्बोधन अनुसार काम पनि होस् । अझै समन्वय कमजोर छ,चेन अफ कमाण्ड मिलेको छैन । अपवाद बाहेक सरकारको निर्णय/कदमलाई जनताले साथ दिएकाछन, भोलि पनि दिनेछन् । राम्रो काम होस् जनताले साथ दिनेछन् ।’ 
 

Loading
TOP