थप पोजेटिभ देखिएको छैन – स्वास्थ्य मन्त्रालय

थप पोजेटिभ देखिएको छैन – स्वास्थ्य मन्त्रालय

२६ चैत,  काठमाडौँ । स्वास्थ्य मन्त्रालयले अहिलेसम्म २३ सय ६६ नमुना परिक्षण भएको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित मिडिया ब्रिफिङका क्रममा अहिलेसम्म केन्द्रीय प्रयोगशाला टेकुमा १९ सय ६५ तथा काठमाडौँ बाहिरका ९ ठाउमा कुल ४०१ नमुना परिक्षण भएको बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा थप कोरोना पोजेटिभ देखिएको छैन ।

प्रवक्ता देवकोटाले टेस्टको अहिले दयारा बढाएको र अहिले १८० नमुना टेस्ट भइरहेको छ बताए ।

उनले र्यापिड टेस्टका क्रममा कंचनपुर र कैलाली दुवै किसिमका स्व़ाब र र्यापिड टेस्टबाट १९८ नमुना संकलन भएको बताए ।

त्यस्तै उनले अछाम, जुम्ला र सुर्खेत ८०२ नमुना संकलन भएको बताउदै आज दिपायलमा ३ सय भन्दा बढी नमुना संकलन हुदै गरेको बताए ।

त्यस्तै उनले आइसोलेसन अहिले काठमाडौँ उपत्यकामा १२ जना र काठमाडौँ बाहिर १२२ जना गरि कुल १३४ जना आइसोलेसनमा रहेको जानकारी दिएका छन् ।

त्यस्तै देशभर अहिले ८ हजार ५८० जना क्वारेन्टाइनमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

Loading
TOP