अहिलेसम्म २८ सय ९५ नमुना परिक्षण, थप पोजेटिभ देखिएको छैन – स्वास्थ्य मन्त्रालय

अहिलेसम्म २८ सय ९५ नमुना परिक्षण, थप पोजेटिभ देखिएको छैन – स्वास्थ्य मन्त्रालय

२७ चैत, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले अहिलेसम्म २८ सय ९५ नमुना परिक्षण भएको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित मिडिया ब्रिफिङका क्रममा अहिलेसम्म केन्द्रीय प्रयोगशाला टेकुमा २३ सय ८३ तथा काठमाडौँ बाहिरका ९ ठाउमा कुल ५१३  नमुना परिक्षण भएको बताएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा थप कोरोना पोजेटिभ देखिएको छैन ।

त्यस्तै अहिलेसम्म देशभर क्वारेन्टाइनमा ७ हजार ९४० जना रहेका छन् । त्यस्तै आइसोलेसनमा काठमाडौँमा १८ र काठमाडौँ बाहिर ९९ जना रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।

त्यस्तै र्यापिड टेस्टका लागि प्रत्येक प्रदेशमा ५ हजारका दरले र्यापिड डाएगनोस्टिक टेस्ट (आरडीटि) वितरण गरिएको बताउदै कैलाली र कंचनपुरमा गरिएका नमुना संकलनको ६६ नमुनाको टेस्टको रिपोर्ट निगेटिभ आएको र अन्य नमुनाको नतिजा आउनेक्रममा रहेको उनले बताए ।

प्रवक्ता देवकोटले क्वारेन्टाइनमा बसेकाहरुको टेस्ट गर्न स्थानीय स्वास्थ्य स्वयंसेविका लाई परिचालन गर्न लागिएको बताए ।

टेस्ट निशुल्क गरिएको र टेस्टको दायरा बढाइएकोले केहि दिनमा व्यापक टेस्ट हुने उनले बताए । कोरोना रोक्न घरमै बस्नु नै उत्तम विकल्प भएकाले घर बाहिर ननिस्किन सबैलाई उनले आग्रह गरेका छन् ।

Loading
TOP