भारतको मुम्बईमा ७० नर्स कोरोना संक्रमित

भारतको मुम्बईमा ७० नर्स कोरोना संक्रमित

२८ चैत,  काठमाडौँ । भारतको मुम्बईमा ७० भन्दाबढी नर्स कोरोनाबाट संक्रमित भएका छन् । महाराष्ट्रको युनाइटेड नर्स एसोसियसनले अहिलेसम्म मुम्बईका ७० नर्स संक्रमित भएको र २५० भन्दा बढी नर्स क्वारेन्टाइनमा रहेको जानकारी दिएको छ ।

शुक्रबार मुम्बई स्थित भाटिया अस्पतालका १५ नर्स संक्रमित भएका छन् । उनीहरुलाइ दुई संक्रमित विरामीबाट कोरोना सरेको बताइएको छ । ति दुई विरामी केहि दिन अघि कोरोना संक्रमणबात बन्द गरिएको वोकहार्ड अस्पतालबाट सारेर ल्याइएका विरामी भएको बुझिएको छ ।

वोकहार्ड अस्पतालमा भर्ना भएका संक्रमित विरामीलाई सुरक्षित पीपीइ नलगाई उपचारमा लागेका कारण नर्सहरु संक्रमित भएका थिए । सो अस्पतालमा २६ नर्स र ४ डाक्टर संक्रमित भएका थिए भने अन्य २५० नर्सहरुलाई पनि आइसोलेसनमा राखिएको छ ।

त्यस्तै मुम्बईको पिलाई अस्पतालमा समेत १० नर्स संक्रमित भएका छन् ।

भारतमा कोरोनाबाट कहिलेसम्म एक डाक्टरको मृत्यु भएको छ ।

त्यस्तै भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या ६ हजार ४१२ पुगेको छ भने १९९ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा ५०४ जना ठिक भएका छन् ।      

Loading
TOP