अहिलेसम्म ३५ सय २४ नमुना परिक्षण : स्वास्थ्य मन्त्रालय

अहिलेसम्म ३५ सय २४ नमुना परिक्षण :  स्वास्थ्य मन्त्रालय

२८ चैत, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले अहिलेसम्म ३५ सय २४ नमुना परिक्षण भएको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित मिडिया ब्रिफिङका क्रममा अहिलेसम्म ३५ सय २४ नमुना परीक्षण सम्पन्न भएको जानकारी दिएका छन् । 

पछिल्लो २४ घन्टामा केन्द्रीय प्रयोगशाला टेकुमा ४ सय १ तथा काठमाडौँ बाहिरका ९ ठाउमा कुल २२९  नमुना परिक्षण भएको बताएका छन् ।

त्यस्तै अहिले जारी रहेको परिक्षणको नमुना ८ सयभन्दा बढी रहेको उनले बताएका छन् ।

त्यस्तै अहिले देशभरमा क्वारेन्टाइनमा ८ हजार ६६० जना रहेका छन् भने आइसोलेसन काठमाडौँ उपत्यकामा १५ र काठमाडौँ बाहिर ११० जना रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

त्यस्तै अहिलेसम्म कैलालीमा ३३९ जना र कन्चनपुरमा १३७ जनाको र्यापिड टेस्ट सम्पन्न भएको र सबैको रिपोर्ट निगेटिभ आएको उनले बताए । त्यस्तै कपिलवस्तुमा २१ तथा बागलुङमा १९ जनाको नमुना परिक्षण निगेटिभ आएको उनले जानकारी दिए ।

प्रवक्ता देवकोटाले स्वास्थ्यकर्मीहरुको तलब कट्टी गरिएको कुरा सत्य नभएको भन्दै स्वास्थ्यकर्मीहरुको तलब कट्टी नगरिने स्पष्ट गरेका छन् ।

साथै अहिलेसम्म थप पोजेटिभ नदेखिएको र यसअघि पोजेटिभ देखिएका ८ जना मध्ये काठमाडौँमा २ जना, बागलुङमा २ जना र धनगढी सेती अस्पतालमा ४ जनाको उपचार भैरहेको र उनीहरुको अवस्था सामान्य रहेको बताए ।  

Loading
TOP