वीरगन्जमा रहेका तीन भारतीयमा कोरोना संक्रमण पुष्टि

वीरगन्जमा रहेका तीन भारतीयमा कोरोना संक्रमण पुष्टि

३० चैत, वीरगन्ज । वीरगन्जमा रहेका तीन भारतीयहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पोजेटिभको आशंकामा हेटौंडामा परीक्षण गरिएको तीन जनाको स्वाब पठाइएकोमा केन्द्रीय प्रयोगशाला टेकुमा गरिएको परीक्षणबाट पनि पोजेटिभ देखिएको छ ।

हेटौडामा शुक्रबार पर्साबाट ल्याईएको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाईएको थियो ।

भारतीय मुस्लिम धर्म प्रचारकहरुको हेटौंडामा थ्रोट स्वाब परिक्षणका लागि ल्याईएको थियो । हेटौंडामा मकवानपुर, सिन्धुली, बारा, पर्सा र रौतहटबाट स्वाब ल्याएर परिक्षण भईरहेका छन्। 

कोरोना पोजेटिभको आशंका पछि बिरगंज महानगरपालिका वडा नं.२, छपकैयास्थित श्रीराम हल अगाडिको मस्जिदमा बस्दै आएका ३ जना भारतीयलाई शुक्रवार दिउँसो देखि नारायणी अस्पतालको आईसोलेसन कक्षमा राखिएको छ ।

नारायणी अस्पतालमा तीन जनामा संक्रमण पुष्टि भएपछि अहिले इमर्जेन्सी बाहेकका सेवा बन्द गरिएको छ  ।  

बिहीवार छपकैया र बाराको घुसुकपुर मस्जिदका २४ जना धार्मिक गुरु नारायणी अस्पतालमा ‘स्क्रीनिङ्ग’ का लागि आएका थिए ।

२४ जना मध्ये तीन जनाको रिर्पोट शंकास्पद देखिएको जानकारी आएपछि अस्पतालले उनीहरुलाई मस्जिदबाट ल्याएर आईसोलेसनमा राखेको हो । 

स्थानीयका अनुसार बिगत ९-१० दिन अगाडि मात्र यी धार्मिक गुरुहरु मस्जिदमा आएका थिए । बिहीवार स्क्रीनिङ्गको क्रममा उनीहरुले आँफू भारतबाट ४ महिना अगाडि नैं नेपाल प्रवेश गरेको बताएका थिए ।

स्वास्थ्य मन्त्रालयले अधिकारिक रुपमा यस बारेमा जानकारी गराउने तयारी गरेको छ ।

Loading
TOP