राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठद्धारा पदबहाली

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठद्धारा पदबहाली

३० चैत, काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा अर्को कार्यकालको लागि पुनः नियुक्त भएका किरणकुमार श्रेष्ठले आईतबार पदबहाली गरेका छन् ।

उनले पदबहाली गर्दै बैंकको आव २०७७-७८ को बजेट तर्जुमा गर्ने निर्णय गरेका छन् ।

श्रेष्ठलाई बैंक लिमिटेड संचालक समितिको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा २ तथा बैंकको नियमावलीको नियम ३५ को उपनियम ३ को व्यवस्था बमोजिम किरणकुमार श्रेष्ठलाई चैत्र २९ देखि लागु हुने गरी अर्को एक कार्यकालको लागि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा पुनः नियक्ति गरेको थियो ।

यसअघि श्रेष्ठ २०७२ साल चैत्र २९ गते खुला प्रतिस्पर्धाबाट चार वर्षको लागि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियक्त भएका थिए ।

श्रेष्ठले २०४३ सालमा नेपाल बैंक लिमिटेडमा सहायक प्रबन्धक पदबाट बैंकिङ्ग करिअर सुरु गरेर नेपाल बैंकको महाप्रबन्धक पदबाट अवकाश लिएका थिए । श्रेष्ठले विश्व बैंकको सहयोगमा संचालित वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत नेपाल बैंकको व्यवस्थापन तहमा रहेर विभिन्न जिम्मेवारीमा समेत कार्य गरिसकेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन विषयमा स्नातकोत्तर तहको अध्ययन पुरा गरेका छन् । 

बैंकले ७७ जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्गबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

Loading
TOP