तेस्रो त्रैयमासको अन्तिम दिन आज बैंकका सबै शाखा कार्यालयहरु खुला रहने

तेस्रो त्रैयमासको अन्तिम दिन आज बैंकका सबै शाखा कार्यालयहरु खुला रहने

३० चैत, काठमाडौं । आइतबार बैंकका शाखा कार्यालयहरु सबै खुला भएका छन् । तेस्रो त्रैयमासको अन्तिम दिन भएका कारण बैंकहरुले सबै शाखा कार्यालयहरु खुला राखेका हुन् ।

लकडाउनका बेला बैंकहरुले सेवा सुचारु नै राखे पनि सबै शाखा कार्यालयहरु भने खुला राखेका थिएनन् । कहिले कुन शाखाबाट त कहिले कुन शाखाबाट सेवा दिइरहेका बैंकहरुले आइतबार भने सबै शाखा कार्यालयहरु खुला राखेर काम गरेको नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले जानकारी दिए ।

Loading
TOP