अमेरिकी राष्ट्रपति ट्रम्पका नजिकका साथीको कोरोनाबाट मृत्यु

अमेरिकी राष्ट्रपति ट्रम्पका नजिकका साथीको कोरोनाबाट मृत्यु

१ वैशाख,  काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका साथी तथा व्यवसायी स्टानले चेराको कोरोनाबाट मृत्यु भएको छ ।

७८ बर्षिय चेराको आइतबार मृत्यु भएको सीएनएनले जनाएको छ ।

चेरा अमेरिकाको न्युयोर्कमा चर्चित रियल स्टेट कारोबारी भएको बताइएको छ । उनी अमेरिकी राष्ट्रपति ट्रम्पका नजिकका साथी भएको बताइएको छ । उनले ट्रम्पलाई राष्ट्रपतीय निर्वाचनका लागि करिब ४० लाख डलर सहयोग गरेको बताइएको छ ।

उनी गत मार्च २४ मा कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएको बताइएको छ ।

अमेरिकामा कोरोनाबाट अहिलेसम्म २२ हजारभन्दा बढीको मृत्यु भएको छ भने ५ लाख ६० हजारभन्दा बढी संक्रमित भएका छन् ।       
 

Loading
TOP