थप २ जनामा कोरोना संक्रमित : स्वास्थ्य मन्त्रालय

थप २ जनामा कोरोना संक्रमित : स्वास्थ्य मन्त्रालय

१ वैशाख, काठमाडौँ । नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित मिडिया ब्रिफिङका क्रममा थप २ जनामा संक्रमण पुष्टि भएको बताएका हुन् ।

थप कोरोना पुष्टि हुनेमा कैलालीकी एक जना महिला र रौतहटमा एक जना पुरुष रहेका छन् ।

प्रवक्ता देवकोटाका अनुसार टेकुस्थित केन्द्रीय प्रयोगशालामा गरिएको परिक्षणमा २ जना पोजेटिभ पुष्टि हुनेमा कैलाली लम्की ६५ बर्षिय महिला र रौतहट जिल्लाको क्वारेन्टाइनमा रहेका १९ बर्षिय पुरुषको नतिजा पोजेटिभ आएको हो ।

लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाईनबाट २९ गते घर पठाईएकी जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर १ की ६५ बर्षीय महिलालाई अस्पतालको आईसोलेसनमा भर्ना गरिएको हो ।

उनलाई आज घरबाटै टीकापुर अस्पतालको एम्बुलेन्समार्फत सेती प्रादेशिक अस्पतालमा ल्याईएको हो ।  त्यस्तै रौतहटमा पुष्टि भएका युवालाई अस्पताल ल्याउने तयारी भएको प्रवक्ता देवकोटाले बताए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा ५ जना, वीरगंजमा ३ जना, बाग्लुंग र टेकुमा २ जनाको उपचार भइरहेको छ ।

Loading
TOP