लकडाउन लम्बाउने तयारीमा सरकार, मन्त्रिपरिषद बैठक बस्दै

लकडाउन लम्बाउने तयारीमा सरकार,  मन्त्रिपरिषद बैठक बस्दै

२ वैशाख, काठमाडौं । सरकारले आज जारी लकडाउनको अवधि थप्ने बारे निर्णय लिने भएको छ । बिहान ११ बजे बोलाइएको मन्त्रिपरिषद् बैठकले कम्तिमा एक हप्ता लकडाउन लम्ब्याउने तयारी गरेको छ ।

सरकारले यस अघि थपेको लकडाउनको समयावधि बुधबार सकिँदैछ ।

यसअघि सरकारले चैत्र १० गतेको मन्त्रिपरिषद्को बैठकबाट चैत्र ११ गतेदेखि १८ गतेसम्म लकडाउनको घोषणा गरेको थियो । त्यसपछि फेरी चैत्र १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले चैत्र २५ गतेसम्म लकडाउनको अवधि थप्ने निर्णय गरेको थियो । त्यसपछि चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले थप आठदिन लम्ब्याउदै बैशाख ३ गतेसम्म लकडाउनको निर्णय गरेको थियो ।

Loading
TOP