भारतमा लकडाउन मे ३ सम्म

भारतमा लकडाउन मे ३ सम्म

२ वैशाख, काठमाडौँ । भारतमा लकडाउन मे ३ सम्म बढेको छ । राष्ट्रका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १९ दिन थप लकडाउन थपेको घोषणा गरेका छन् । यस अघि २१ दिन लकडाउन घोषणा गरेका मोदीले थप १९ दिन लकडाउन थपेका छन् ।

मोदीले आउदो एक साता कोरोनाको लकडाउन कडाई गर्ने घोषणा गरेका छन् । अप्रिल २० सम्म कुन राज्यले लकडाउन कसरी कार्यान्वयन गर्छन त्यसको निगरानी गरिने बताउदै त्यसको आधारमा नै त्यसपछि नै लकडाउन केहि खुकुलो बनाउन सकिने बताएका छन् । 

मोदीले जनताले देखाएको धैर्यताले नै धेरै हदसम्म कोरोना रोक्न सफल भएको दाबि गरेका छन् । आम जनताले अनुशासित सिपाही जस्तै बनेर कर्तव्य निभाएकोमा आफुले नमन गर्ने मोदीले बताए ।

मोदीले सय कोरोना संक्रमित हुदै विदेशबाट आउनेलाई अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने नियम लगाएको बताउदै ५ सय संक्रमित पुग्दा नै २१ दिनको लकडाउनको घोषणा गरेको बताए ।

भारत अहिले अन्य देशको तुलनामा सम्हालिएको अवस्थामा रहेको बताउदै एक महिना अगाडी भारतकै बराबरीमा रहेका देश अहिले २५ देखि ३० गुणा बढी संक्रमित पुगेको बताए । भारतले समयमा लिएका निर्णयकै कारण अहिलेको अवस्था सम्हालिएको बताए ।

सामाजिक दुरी र लकडाउनले भारतलाई धेरै फाइदा भएको बताउदै मोदीले आर्थिक दृष्टिले नोक्सान भएको भएपनि आमजनताको जीवनको अगाडी त्यसको कुनै मुल्य नभएको बताए मोदीले यस अघि मार्च २४ मा सम्बोधन गर्दै २१ दिने लकडाउन घोषणा गरेका थिए भने त्यसबीचमा पटक पटक सार्वजनिक सम्बोधन गर्दै लकडाउन पालना गर्न अपिल समेत गरेका थिए ।

मोदीले यस अघि मार्च २४ मा सम्बोधन गर्दै २१ दिने लकडाउन घोषणा गरेका थिए भने त्यसबीचमा पटक पटक सार्वजनिक सम्बोधन गर्दै लकडाउन पालना गर्न अपिल समेत गरेका थिए ।

भारतमा अहिलेसम्म कोरोनाका संक्रमितको संख्या १० हजार नाघेको छ । अहिलेसम्म १० हजार ३६३ पुगेको छ । त्यस्तै मृतकको संख्या ३३९ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म एक हजार ३५ जना ठिक भएको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

Loading
TOP