‘चामल कहिले आउँछ बाबु ?’

‘चामल कहिले आउँछ बाबु ?’

२ वैशाख,  जाजरकोट । “कहिले आउँछ चामल ? हरेक दिन धाउँदा धाउँदा खुट्टा दुख्न थालिसक्यो । छिटो पठाइदिनुप¥यो बाबु ।” जुनिचाँदे गाउँपालिका–११ ताँगाकी मैना थापा मात्र होइन यहाँका धेरै स्थानीयको भोलिको दैनिक खाद्य डिपोमा धाएर रित्तो हात फर्कुनुमा बित्छ । गाउँमा पुरानो अन्न सकिएको छ । नयाँ गहुँ बाली पाकेको छैन । मजदुरी गर्न जान लकडाउनले रोकेको छ । खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेड जाजरकोटले ताँगाका लागि निर्धारण गरेको कोटा सकिएका कारण सो ठाउँमा चामल प्राप्त हुन सकेको छैन ।

जुनिचाँदे गाउँपालिका जिल्लाको अति दुर्गम क्षेत्र मानिन्छ । यहाँ खेतीयोग्य जमिन काम भएकाले खाद्यान्न उत्पादन समेत कम हुने गरेको छ । ताँगामा चामल ल्याउन ढुवानी भाडा नभएका कारण समस्या भएको कम्पनीका जाजरकोट प्रमुख धर्मबहादुर बस्नेतले बताउनुभयो । जुनिचाँदे गाउँपालिका – १० का पदम खड्काले भन्नुभयो, “हाम्रो ठाउँमा सिंचाइ गर्नक पानी भएपनि खोलामै छमछम बगेर जान्छ । खेतमा लगाउन पैसाले पुग्दैन ।” अहिले जिल्लाको बारेकोट गाउँपालिकामा रहेको घाट डिपोमा समेत चामल सकिएको छ ।

शनिबार झण्डै २ सय भन्दा बढी गाउँलेहरु कम्पनीको कार्यालयमा गएपनि पचास प्रशितले चामल नपाएर फर्किएको तोलखानाका डम्बर सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार चामल नपुगेकै कारण धेरै स्थानीयावासीहरु फर्कनुपरेको थियो । गाउँपालिकालाई तुरुन्तै खाद्यान्नको व्यवस्था गर्न नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) बारेकोट गाउँकमिटीले आग्रह गरेको छ । बारेकोट गाउँपालिकाका अध्यक्षले महेन्द्रबहादुर शाहले चामल अभावबारे आफूले थप बुझ्ने बताउनुभयो ।

बारेकोटमा खाद्यान्न ढुवानी गर्ने ठेकेदारले फागुन १५ सम्म २ हजार क्विन्टल चामल ढुवानी गर्ने सम्झौता गरेपनि अहिले म्म ढुवानीको काम पूरा नगरेको कम्पनीका प्रमुख बस्नेतले जानकारी दिनुभयो । अहिले कार्यालय आफैले केही चामल खच्चडमा ल्याउने गरेको छ ।

Loading
TOP