कुल १२ हजार ९०६ जनाको नमुना परिक्षण, १६ जनामा पोजेटिभ : स्वास्थ्य मन्त्रालय

कुल १२ हजार ९०६ जनाको नमुना परिक्षण, १६ जनामा पोजेटिभ : स्वास्थ्य मन्त्रालय

२ वैशाख, काठमाडौँ । नेपालमा अहिलेसम्म १२ हजार ९०६ जनाको कोरोना परिक्षण भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित मिडिया ब्रिफिङका क्रममा सो जानकारी दिएका छन् ।

अहिलेसम्म स्व़ाब टेस्टबाट ६ हजार २९९ जनाको परिक्षण भएको छ भने र्यापिड डाइग्नोष्टिक टेस्टबाट ६ हजार ६०७ गरि अहिलेसम्म कुल १२ हजार ९०६ जनाको नमुना परिक्षण सम्पन भएको छ ।

प्रवक्ता देवकोटाले अब २१ जिल्लामा र्यापिड टेस्ट शुरु गर्न बाँकी रहेको र यी जिल्लामा पनि छिट्टै शुरु गर्ने जानकारी दिएका छन् ।

अहिलेसम्म देशभर ५ हजार ७७१ जना क्वारेन्टाइनमा छन् भने ९९ जना आइसोलेसनमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।

अहिलेसम्म नेपालमा १६ जनामा कोरोना संक्रमित पोजेटिभ देखिएको छ । संक्रमित मध्ये एक जना ठिक भएर घर फर्किएका छन् भने १५ जना अहिले विभिन्न अस्पतालमा उपचार रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।

अहिले सेती प्रादेशिक अस्पतालमा ५ जना, नारायणी अस्पताल वीरगन्जमा ४ जना, शुक्रराज अस्पताल टेकु, धौलागिरी अस्पताल बागलुङ र पाटन अस्पतालमा २-२ जना उपचारत रहेका छन् ।

Loading
TOP