लकडाउनबाट पाठ सिकौं, काठमाडौंबाट राजधानी सारौं

लकडाउनबाट पाठ सिकौं, काठमाडौंबाट राजधानी सारौं

काठमाडौं । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत सुवास निरौलाले विश्वव्यापी महामारी कोरोना र लकडाउनबाट पाठ सिकेर देशको संघीय राजधानी काठमाडौंबाट सार्नुपर्ने बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै निरौलाले विकास र व्यापार केन्द्रीकृत भएका कारण अप्ठ्यारो परिस्थितिमा सबैले दुःख पाएको भन्द देशको राजधानी सार्नेबारे सोच्नुपर्ने बताउनुभएको हो ।

काठमाडौंमा रोजगारीको केन्द्र भएका कारण लकडाउनको बेलामा नागरिकहरु पैदल मेची, महाकालीसम्म फर्कनुपरेको भन्दै सबैतिर समान विकास र अवसरको सिर्जना गर्नुपर्ने निरौलाको धारणा छ । काठमाडौंबाट राजधानी सार्ने वा ठूला औद्योगिक प्रतिष्ठानलाई देशको अन्य भागमा सार्नेबारे छलफल हुनुपर्ने उहाँको भनाई छ ।

Loading
TOP