सरकार किन भावनारहित भएको ?

सरकार किन भावनारहित भएको ?

३ वैशाख, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार भावनारहित भएको आरोप लगाएका छन् । 

अध्यक्ष थापाले काम नपाएर, खानेबस्ने सुविधा नभएर वा परिवारको मायाले सयौं किमि हिंडेर घर फर्किरहेकाहरु प्रति सरकारको कुनै जिम्मेवारी छैन ? भन्दै सरकारको व्यवहारको आलोचना गरेका हुन् ।

उनले आफ्नो घर जान हिडेकालाई सम्झाईबुझाई आवश्यक व्यवस्था गरि यथास्थानमा राख्नोस वा घरपुग्न सहयोग गर्न आग्रह गर्दै यति भावनारहित नहुन आग्रह गरेका छन् ।  

उनले सामाजिक संजालमा लेखेका छन् – ‘सरकार भावनामा बगेर निर्णय हुंदैन भन्छ । तर,काम नपाएर, खानेबस्ने सुविधा नभएर वा परिवारको मायाले सयौं किमि हिंडेर घर फर्किरहेकाहरु प्रति सरकारको कुनै जिम्मेवारी छैन ? उनीहरुलाई सम्झाईबुझाई आवश्यक व्यवस्था गरि यथास्थानमा राख्नोस वा घरपुग्न सहयोग गर्नोस । यति भावनारहित हुनुभएन ।’ 
 

Loading
TOP