पोजेटिभ थपिएको छैन, अहिलेसम्म १५ हजार ८ सयको कोरोना टेस्ट : स्वास्थ्य मन्त्रालय

पोजेटिभ थपिएको छैन, अहिलेसम्म १५ हजार ८ सयको कोरोना टेस्ट : स्वास्थ्य मन्त्रालय

३ वैशाख, काठमाडौँ । नेपालमा अहिलेसम्म १५ हजार ८०० जनाको कोरोना परिक्षण भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित मिडिया ब्रिफिङका क्रममा सो जानकारी दिएका छन् ।

अहिलेसम्म स्व़ाब टेस्टबाट ६ हजार ८७१ जनाको परिक्षण भएको छ भने र्यापिड डाइग्नोष्टिक टेस्टबाट ८ हजार ९२९ गरि अहिलेसम्म कुल १५ हजार ८०० जनाको नमुना परिक्षण सम्पन भएको छ ।      

प्रवक्ता देवकोटाले अब १४ जिल्लामा र्यापिड टेस्ट शुरु गर्न बाँकी रहेको र यी जिल्लामा पनि छिट्टै शुरु गर्ने जानकारी दिएका छन् । 

अहिलेसम्म देशभर ५ हजार ६१४ जना क्वारेन्टाइनमा छन् भने ११७ जना आइसोलेसनमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।

सनसिटी अपार्टमेन्टका अहिलेसम्म २९८ जनाको र्यापिड टेस्ट समपन्न भएको र सबैको टेस्ट निगेटिभ आएको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् । साथै यस अघि सनसिटीमा संक्रमित भएका दुई जनाको परिवारको तेस्रो सदस्यको टेस्ट निगेटिभ आएको उनले जानकारी दिए ।     

अहिलेसम्म नेपालमा १६ जनामा कोरोना संक्रमित पोजेटिभ देखिएको छ । संक्रमित मध्ये एक जना ठिक भएर घर फर्किएका छन् भने १५ जना अहिले विभिन्न अस्पतालमा उपचार रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।

अहिले सेती प्रादेशिक अस्पतालमा ५ जना, नारायणी अस्पताल वीरगन्जमा ४ जना, शुक्रराज अस्पताल टेकु, धौलागिरी अस्पताल बागलुङ र पाटन अस्पतालमा २-२ जना उपचारत रहेका छन् । साथै सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।

Loading
TOP