कोरोनाले सृजना गरिदिएको आर्थिक चुनौती

कोरोनाले सृजना गरिदिएको आर्थिक चुनौती

बलराम सापकोटा –

बिश्वका सबै मुलुकमा आर्थिक मन्दि सुरू भै सकेको छ। नेपालमा पनि आर्थिक मन्दि हुने निश्चित प्रायः छ। आर्थिक गतिविधि अघि बढाउन लगानीमा बृद्धि,पूँजीगत खर्चमा बृद्धी, साधारण खर्चमा कटौति, रोजगारी सृजना गर्नु अत्यावश्यक छ।

आगामि दिनमा द्विपक्षीय, बहुपक्षिय रिण र सहायतामा कमि आउने छ। दातृसंस्थाहरूले बिश्वका सबै बिकासशिल र बिकासोन्मुख देशको अर्थ ब्यबस्था उकास्न सहयोग गर्नु पर्ने अवस्था छ। देश भित्रै पनि आय र उपभोग, उत्पादन र बितरणमा कमि आई राजस्व आयमा पनि कमि आउने स्थिति छ।

बैंकहरूले सरदर १०% मा जारी गरेको ५/७ बर्षे रिणपत्र र संस्थागत तथा ब्यक्तिगत मुद्दति निक्षेपमा ८/१० प्र श ब्याजमा मुद्दति निक्षेप लिई सकेकोले बैंक हरूले कर्जाको ब्याजदर धेरै घटाउन सक्ने छैनन् । ब्याज दर नघटाई रिण प्रवाह बढन नसक्ने र रिण प्रवाह नबढी उत्पादन, रोजगारीको अवसर सृजना हुन नसक्ने अवस्था छ। कोरोनाको कहर सकिएपछि अरब, मलेसिया लगायतका देशमा रोजगारीमा गएका नेपालीहरू ति मुलुकको आर्थिक मन्दीका कारण रोजगारी गुमेपछि स्वदेश फर्कने छन। यूरोप, अमेरिका, अष्ट्रेलिया लगायतका देशहरूमा अध्ययन र रोजगारी संग संगै बढाई रहेका केही नेपालीहरू स्वदेश फर्कने छन।

खाडि मुलुक र यूरोप, अमेरिका, अष्ट्रेलियाका देशबाट स्वदेश फर्कने नागरिकहरूबाट प्राप्त हुने गरेको रेमिटेन्स आय घटने हुदां बैदेशिक मुद्रामा चाप पर्नेछ। यसरी फर्केका नागरिककोलागि रोजगारी सृजना गर्नु अत्यावश्यक हुनेछ। देश भित्रै दैनिक उपभोग्य बस्तुको माँग बढ़ने छ, उपभोग खर्च बढ़नेछ ।मुद्रास्फीतिमा चाप पर्नेछ। बिगतमा पूंजिगत लगानी पर्याप्त गर्न नसक्नु , लगानीको निमित्त छुट्याईएको रकम खर्च गर्न नसक्नु, रोजगारी र आय सृजना हुने उत्पादनशिल खर्चमा जोड़ दिन नसक्नाले तत्कालै रोजगारी बढने अवस्था छैन। घुमफिर, टिएडिए, आवास, फ्लोरिगं फ़र्निशिंग, सवारी साधन जस्ता अनुत्पादक र तुरून्तै खर्च हुने क्षेत्रमा स्थानिय, प्रादेशिक, र संघिय सरकारका केही निकायले गरेको खर्च केन्द्रीय सरकारले नियन्त्रण, निर्देशन, ब्यबस्थित नगरिदिनाले रोजगारी र उत्पादन बढने क्षेत्रमा लगानी हुन सकेको छैन ।

सफल र स्थिर राजनितिको बलियो आधार सक्षम आर्थिक निति हो भन्ने कुरामा ध्यान नदिनाले देशमा बेरोज़गारीको बिकराल अवस्था सृजना हुनेछ। बिदेशबाट फर्किएका युवा जनशक्तिलाई उपयुक्त बाटो र आधार दिन नसक्ने हो भने राजनितिक उथल पुथल पनि नआउला भन्न सकिंदैन ।

Loading
TOP