कोरोना संक्रमितको व्यक्तिगत विवरण सार्वजनिक नगर्नु : स्वास्थ्य मन्त्रालय

कोरोना संक्रमितको व्यक्तिगत विवरण सार्वजनिक नगर्नु : स्वास्थ्य मन्त्रालय

४ वैशाख, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमितको व्यक्तिगत विवरण प्रकाशन र प्रशारण नगर्न सञ्चार माध्यमलाई अनुरोध गरेको छ । नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले केही सञ्चार माध्यमले संक्रमितको व्यक्तिगत विवरण प्रकाशन र प्रशारण गरेकोप्रति ध्यानाकर्षण भएको भन्दै यस्तो नगर्न अनुरोध गरेका हुन् ।

उनले भने,‘सञ्चार मध्ययममा कोभिड–१९ का विरामीको व्यक्तिगत विवरण (नाम) प्रकाशित हुन आएकोमा मन्त्रालयको ध्यानाकर्षण भएको छ । विरामीको यस्तो विवरण निजको अनुमति बिना प्रकाश र प्रशारण गर्न नपाइने भएकाले यसो नगर्नुहुन मन्त्रालय अनुरोध गर्दछ।’ 

प्रवक्ता देवकोटाले जनस्वास्थ्यको दृष्टिकोणबाट सार्वजनिक गर्नुपर्ने विवरण मन्त्रालयले आफैं सार्वजनिक गर्नेसमेत प्रष्ट पारेका छन् । उनले जनस्वास्थ्यको दृष्टिकोणबाट सार्वजनिक गर्नुपर्ने विवरण मन्त्रालयले आफ्नो लाइभ र अन्य माध्यमबाट प्रशारण गर्ने बताए ।

Loading
TOP