थाइल्याण्डमा शवबाट सर्यो कोरोना !

थाइल्याण्डमा शवबाट सर्यो कोरोना !

४ वैशाख, काठमाडौँ । थाइल्याण्डमा कोरोना भाइरसबाट मृत्यु भएकाबाट संक्रमित भएको केस बाहिर आएको छ ।

कोरोनाबाट मृत्यु भएकाहरुको शव परिक्षकलाई कोरोना संक्रमण भएर मृत्यु भएपछि मृतकहरुबाट कोरोना सरेको यसलाई पहिलो केस मानिएको छ । यस केस पछि शव व्यवस्थापन गर्नेहरुलाई संक्रमण हुनसक्ने चिन्ता बढेको बताइएको छ ।

बैंककको वैज्ञानिकहरुको जर्नल अफ फरेन्सिक लिगल मेडिसिन स्टडीमा जारी शोधमा यस विषयलाई पुष्टि गरिएको छ । यस विषयमा बैंककको आरविटी चिकित्सा केन्द्रका वोन श्रीविजिता र चीनको हेनान चिकित्सा विश्वविद्यालयका विरोज वाइवनितकितले अध्ययन गरेको शोधमा उल्लेख गरिएको छ ।

थाइल्याण्डमा अहिलेसम्म कोरोनाबाट २ हजार ६४३ जना संक्रमित भएका छन् भने ४३ जनाको मृत्यु भएको छ । 

जसमा विश्व स्वास्थ्य संगठनले शवको व्यवस्थापन गर्दा सावधानी अपनाउन भनेपनि शवबाट कोरोना सर्छ भन्ने अझै प्रमाणित नभएको बताएको छ । तर शवमा बेरिएको कपडामा रहेको भाइरस भने सर्न सक्ने बताइएको छ ।

अहिलेसम्मका अध्ययनबाट शवबाट कोरोना सर्ने प्रमाणित नभएपनि थाइल्याण्डको यो घटनाले भने सबैलाई सतर्क भने बनाएको छ ।

अहिले ठुलो संख्यामा मृत्यु भएका अमेरिका, इटाली, स्पेन, फ्रान्समा शव व्यवस्थापनमा समस्या आएको रिपोर्ट आइरहेका बेला यस अध्ययनले थप सशंकित बनाएको रिपोर्टमा उल्लेख गरिएको छ । 

Loading
TOP