आज बिहीवार पनि भेटिएन नयाँ सङ्क्रमण

आज बिहीवार पनि भेटिएन नयाँ सङ्क्रमण

४ वैशाख, काठमाडौं । स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा गरिएको परीक्षणमा कसैमा पनि कोरोनाभाइरस सङ्क्रमण नभेटिएको जनाएको छ।

बुधवार पनि कुनै सङ्क्रमित फेला परेका थिएनन्।

बिहीवार अपराह्ण नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता विकास देवकोटाले विगत २४ घण्टामा पीसीआर विधिबाट ३६९ वटा नमुनाको परीक्षण गरिएको तर कुनैमा पनि कोरोनाभाइरस नभेटिएको बताए।

उनका अनुसार सो अवधिमा कुल ३,२६३ व्यक्तिबाट सङ्कलित नमुना को आरडीटी अर्थात् द्रुत विधिबाट परीक्षण गरिएको थियो।

आरडीटी विधिबाट परीक्षण गर्दा रगतको नमुनामा एन्टीबडी देखिएमा सम्भावित सङ्क्रमित व्यक्तिको घाँटीबाट सङ्कलित नमुना गरी त्यसमा भाइरस भए नभएको हेर्न पीसीआर विधिबाट थप परीक्षण गरिन्छ।

Loading
TOP