पर बाटो मैं पर्ने जंगलतर्फ गएर खानु है !

पर बाटो मैं पर्ने जंगलतर्फ गएर खानु है !

५ वैशाख, बारा । तराईको बढ्दो गर्मी, अनि चर्को घाममा निजगढ नगरपालिकाको चोक नजिक उत्तरपूर्वीमा साबित्री भारतीको घर अगाडि दाल, भात, आलुको भुजिया, टमाटरको अँचार र एक बोतल पानी लिएर केही मनिस बसिरहेका छन् ।

लकडाउनका कारण मानिसहरु घर भित्रै बसिरहेका बेला यी मनिसलाई भने फुर्सद छैन । राजधानी काठमाण्डौं सहिँत पूर्वी जिल्लाहरुबाट पश्चिम र पश्चिमबाट पूर्व हिँडेका मजदुर र विपन्न परिवारलाई खाने कुरा खुवाउँन उनीहरु व्यस्त छन् ।

सगरमाथा साकोसले पैदल यात्रामा हिँडेको जस्ता कोही देख्ने वित्ति कै उनीहरुलाई बोलाउने, खाना दिने र पर बाटो मैं पर्ने जंगलतर्फ गएर खानु है भन्दै पठाउँदै गरिरहेका छन् ।

चर्को घाममा धापिएर आएका मजदुर तथा विपन्नले खाना पाउँदा खुशी छन् । चैत ११ गते देखि सरकारले कोरोना संक्रमण फैलिन नदिन लकडाउन घोषणा गरे पछि धेरै मानिस कार्य स्थलमा नैं रोकिए ।

दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गरिरहेका मजदूद अहिले खाद्यान्न जोहो गर्न नसक्दा बरु हिँडेरै गाउँ फर्कन बाध्य छन् । हिजो आज दिनहुँ जसो काठमाण्डौं र पूर्व देखि पश्चिमका मानिसहरु हिँडेरै गन्तव्यमा जान थालेका छन् ।

हिँडेर आफ्नु गाउँ तथा गन्तब्य जानलागेकाहरु निजगढमा नि:शुल्क खाना बितरण गरिएको सगरमाथा साकोसका अध्यक्ष भोला प्रसाद गौतमले बताए ।

बिभिन्न ठाउँबाट भोकै आईपुगेका रामप्रसाद चौधरीको गन्तब्य बर्दिया हो । उनी भोकले हैरान थिए । हेटौंडाबाट एक बोतल पानी लिएर हिँडेका उनीसँग भएको एक बोतल पानी पनि सकिएको रहेछ ।

निजगढ चोक आएर उनले एक बोतल पानी समाए । पेटभरी खाने खाना लिएर गए । यहाँ आएर खान पाउँदा उनले ज्यान नैं फूर्तिलो बनेको बताए । उनीसँगै अन्य केही मजदुर पनि थिए । खाना दिने सबैलाई भने ‘आत्मै देखि धन्यवाद छ लौ गएम हैं ।’

चौधरीभन्दा केही पछि आएका कमलराज परियारको गन्तव्य हो, धरान । उनी हिँडेरै धरान पुग्ने आँट लिएर निजगढसम्म आएका थिए ।

विहानैं देखि भोकले रन्थनिएका परियारले यहाँ आएर खाना खान पाउँदा औधी खुसी लागेको बताए । काठमाण्डौंमा घर बनाउँने काम गर्ने परियारले भने ‘काठमाण्डौंमा कोही छैन, कसैलाई मतलव छैन, यहाँ त मन भएका मान्छे रहेछन्, भोको पेट भरिदिने सबैलाई धन्यवाद दिन्छु ।’

Loading
TOP