समस्यामा परेकालाई सुदूरपश्चिम प्रदेश सरकारले दियो १६ करोड

समस्यामा परेकालाई सुदूरपश्चिम प्रदेश सरकारले दियो १६ करोड

५ वैशाख, काठमाडौं । लकडाउनका कारण समस्यामा परेका सुदूरपश्चिमका नागरिकलाई वितरण गर्न प्रदेश सरकारले स्थानीय तहलाई रु १६ करोड राहत रकम पठाएको छ ।

प्रदेश सरकारले गरिब, असहाय र विपन्नलाई प्रतिपरिवार रु तीन हजारका दरले उक्त राहत वितरण गर्ने घोषणा गरेअनुसार प्रदेशस्थित सबै स्थानीय तहलाई रु १६ करोड बजेट पठाएको प्रदेश सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
 
प्रदेश सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले लकडाउनका कारण दैनिक छाक टार्न समस्यामा परेका यहाँका प्रतिपरिवार ३० किलो चामल, तीन किलो दाल, दुई प्याकेट नुन, दुई लिटर खानेतेल, चार साबुन र दुई किलो चिनी वितरण गर्ने गरी व्यवस्था गरिएको जानकारी दिए ।

Loading
TOP